जुगल गाउँपालिका र अपाङ्ग बाल अस्पतालबीच अपाङ्गता व्यवस्थापन कार्यक्रममा सम्झौता ।

जुगल गाउँपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रबीच १८ वर्षसम्मका शारीरिक अपाङ्ग बालबालिकाका लागि “अपाङ्गता व्यवस्थापन एवम् मुलप्रवाहीकरण” कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ।


सम्झौताअनुसार आ.व. २०८२/८३ को असार मसान्तसम्म कार्यक्रम अन्तर्गत बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनर्स्थापना, सहायक सामग्री तथा कृत्रिम अङ्ग उपलब्ध गराइनेछ। साथै, बालबालिकाको अनुगमन र समग्र समाजिकीकृत गर्ने पहल पनि गरिनेछ।


जुगल गाउँपालिकाका प्रमुख र अस्पतालका प्रतिनिधिहरूबीच हस्ताक्षर गरिएको सम्झौताले क्षेत्रका शारीरिक अपाङ्ग बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा र पुनर्स्थापना सुनिश्चित गर्ने लक्ष्य राखेको छ। कार्यक्रमले बालबालिकाको सामाजिक समावेशीकरण र जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।