सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिका उत्कृष्ट, हेलम्बु सहभागी भएन जुगल तेस्रो स्थानमा ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०८०/८१ का लागि सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) नतिजाअनुसार सिन्धुपाल्चोक जिल्लामा मेलम्ची नगरपालिका पहिलो भएको छ।

मेलम्चीले ८८.२५ अंक प्राप्त गर्दै शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सहकार्य–समन्वय सूचकमा उच्च उपलब्धि हासिल गरेको हो।

समन्वय र सहकार्य शीर्षकमा इन्द्रावती गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र मेलम्ची नगरपालिकाले समान ५.५० अंक प्राप्त गरेका छन्। लिसंखुपाखरले ०.७५ अंक मात्र पाउँदा पाँचपोखरी थाङ्पालले ० अंक पाएको छ।

यसपटक हेलम्बु गाउँपालिका भने मूल्यांकन प्रक्रियामा सहभागी भएन। गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण, निःशुल्क एम्बुलेन्स सेवा र निःशुल्क शिक्षाजस्ता आफ्ना कार्यक्रम सूचकमा नसमेटिएको भन्दै भाग नलिएको जनाएको छ।

सिन्धुपाल्चोकका पालिकाहरूको प्राप्त अंक:

* मेलम्ची नगरपालिका — ८८.२५

* इन्द्रावती गाउँपालिका — ८५.७५

* जुगल गाउँपालिका — ८५

* बलेफी गाउँपालिका — ८४.७५

* चौतारा साँगाचोकगढी नगरपालिका —८३.७५

* भोटेकोशी गाउँपालिका — ७९.७५

* त्रिपुरासुन्दरी गाउँपालिका — ७९

* सुनकोशी गाउँपालिका — ७८.५

* लिसंखुपाखर गाउँपालिका — ७५.५

* बाह्रविसे नगरपालिका — ७५.२५

* पाँचपोखरी थाङ्पाल गाउँपालिका — ७२.२५